काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच बर्ष कांग्रेसले खेर जान नदिने बताएका छन् ।सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले ‘अबको पाँच वर्ष देशका लागि निर्णायक समय रहेको भन्दै कांग्रेस देश नै बनाउन आएको बताएका हुन् ।यो समय खेर जान दिदैनौँ । बदलिएको कांग्रेसमा देशको उन्नतिको भोक बोकेर आएको छ, पेटमा भोक,आँखामा सपना छ । हामी योजना बनाएर आएका छौँ’ । उनले भने ।‘आज देशभरी जम्मा १७-१८ प्रतिशत गरिबी हुँदैगर्दा करिब ४० प्रतिशतको गरिबी बोकेर कर्णाली किन बसिरहेको छ ? सबैभन्दा ठुलो बेरोजगारी बोकेर कर्णाली किन बसिरहेको छ ? देशभरका आमा बचाउँदै गर्दा कर्णालीका आमा किन बचाउन सकिएका छैनन् ? यी प्रश्नका सपाट उत्तर दिएर भाग्न सकिन्छ । तर ती उत्तर दिएर समाधान निस्किन्न,’ उनले भने ।